नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । नयाँ रेटदर अनुसार अब पेट्रोल लिटरकाे १७० र डिजल/मट्टीतेल लिटरकाे १५३ रुपैयाँमा झरेको छ ।