विजनेश अक्सिजन लिमिटेडले जेनेश सोलुसन लिमिटेडमा १० लाख अमेरिकी डलर लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख डलर प्राप्त गरेको हो ।विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । आशाजनक प्रतिफल र सम्भावनाहरु भएका कारण जेनेसलाई विश्वभर डिजिटल रुपान्तरणको उदीयमान कम्पनीको रुपमा स्थापित गराउन विजनेश अक्सिजनले थप लगानी गरेको हो । विजनेश अक्सिजन नेपालको पहिलो निजी ‘इक्विटी फण्ड’ हो । यो इन्टरनेशनल फाइनान्स कर्पोरेशन(आईएफसी)