सबै उमेरका व्यक्तिहरूको खानेनलीमा कुनै वस्तु अड्किएर या सासनलीमा सर्किएर गम्भीर अवस्था भएका या अकाल मृत्युसमेत हुन पुगेका खबरहरू संप्रेषित हुने गरेकै छन् । दसैंको अवसरमा खसी, बोका, च्यांग्रा, कुखुरा एवं राँगाभैंसी आदिको मासु बढी खाने गरिन्छ । कतिका लागि त धीत मर्ने गरी मासु खान दसैं कुर्नुपर्ने अवस्था पनि छ ।