बाँदर लखेट्न जाँदा आफैँले बाेकेकाे बन्दुक पड्किएर एक जनाकाे ज्यान गयाे

अर्घाखाँची – आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा एक जनाकाे ज्यान गएको छ । बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयाे । आज बिहान सवा ११ बजेतिर आफैँले बाेकेकाे बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुस...