काठमाडौं । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले हस्ताक्षर गर्नुभएको छ । […]