'फास्ट ट्र्याक' काे काम २०८१ सालको पुससम्म सकिने सेनाको दाबी

काठमाण्डाै – नेपाली सेनाले काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग अर्थात् फ्रास्ट ट्र्याककाे काम यो आर्थिक वर्षभित्र २१ प्रतिशत प्रगति हुने दाबी गरेको छ । सेनाले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर यो आर्थिक वर्षभित्र २१ प्रतिशत र २०८१ सालको पुस महिनाभित्र फास्ट ट्र्याककाे काम सकिने जनाएको हो ।  आयोजनाको मुख्य चुनौतीका रूपमा रहेको सुरुङ मार्ग र पुल निर्माणका लागि ठेक्का सम्झौता भएर काम सुरु भएकाले २०८१ सालको पुससम्म काम सम्पन्न हुने काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाका प्रमुख सहायक रथ...