बाबा रामदेवविरुद्ध छत्तीसगढमा उजुरी दर्ता

बीबीसी। योगगुरु बाबा रामदेवविरुद्ध छत्तीसगढको राजधानी रायपुरको प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। रायपुरका मेडिकल एसोसिएसनका पदाधिकारीले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन्। इण्डियन मेडिकल एसोसिएसनका डाक्टरहरु राकेश गुप्ता, विकास अग्रवाल, आशा जैन र अनिल जैनले लिखित रुपमा भनेका छन्, “खोप र औषधीका बारेमा भ्रम फैलाउनु राजद्रोह सरहको अपराध हो र बाब रामदेवले यसको सजाय पाउनु पर्छ।”