काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्रको विवाद मिलाउन नसकेर संसदमाथि प्रहार गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध आक्रोश पोखेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीभित्रको बहुमतलाई स्वीकार गर्न नसक्ने र सत्ताको बलमा जबरजस्ती किच्न खोज्ने कस्तो लोकतन्त्र हो भन्दै प्रश्न गरेका थिए। उनले पटक पटक संसद् विघटन गरेर प्रणालीको चिन्ता गर्नुको कुनै अर्थ नभएको उनको तर्क थियो ।