उच्छृंखल गतिविधि गर्ने १०९ जना कारबाहीमा
नियम उल्लंघन गर्ने ९०६ चालक कारबाहीमा, १०६ जना मापसे गरेका
कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष प्रभावित बनेको होली पर्व यसपटक उपत्यकालगायत देशका विभिन्न भागमा भव्यताका साथ मनाइएको...
तराईंका जिल्लाहरुमा मंगलबार उल्लासकासाथ होली पर्व मनाइँदैछ । झापाको चोक चोकमा सांगीतिक ब्यान्ड र डीजेसहितको होली कार्यक्रम आयोजना गरिएका छन् । बिर्तामोड, दमक, झिलझिले, भद्रपुर, धुलाबारी, काँकडभिट्टालगायतका स्थानमा युवाहरु भेला भएर नाचगानसहित होली मनाइरहेका छन् । बजारका प्रायः पसल बन्द रहे पनि होली मनाउनेहरुका कारण सडकमा भीड छ ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो । यस वर्ष भने काठमाडौंका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए ।
काठमाडौं, ३ चैत । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा भने खाचाखच भरिएको छ । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता […]
काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व बिहीबार काठमाडौँ उपत्यकासहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइँदै छ। होली विशेष गरेर आज नेपालको हिमाली तथा पहाडी क्षेत्रमा मनाइएको छ भने भोलि तराईमा मनाइने छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा […]
काठमाडौंको बसन्तपुरमा होलीको उत्सव छ। ठूलो संख्यामा युवायुवतिहरु जम्मा भएर बसन्तपुरमा होली खेलेका छन्। हरेक वर्ष बसन्तपुरमा होलीको उत्सव हुने भए पनि कोरोना महामारीका कारण दुई वर्ष त्यहाँ होलीको रौनक...