जनकपुरधाम : पवित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन्। आजको दिनलाई ‘नहा, खा’ अर्थात् नुहाएर खानु भनिन्छ।मंगलबार बिहान ४ बजेदेखि पानीसमेत नखाई उपवास बसेका व्रतालु महिलाहरूले बुधबार बिहान १० बजे व्रत सम्पन्न गर्नेछन्।व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा ख