भक्तपुर - तपाईँ आफ्नो गाडी सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका गाडी हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईँ ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरमा रहेकाे छ लेन सडकमा बढ्दो गाडी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण गाडीलाई दायाँ लेनबाट गाडी चलाउन निषेध गरिएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै पालिकाका मेयर, उपमेयर, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ...