मिथिला क्षेत्रमा यसरी मनाइयो सामा चखेवा पर्व

महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना)का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको  रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो ।पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाई जोतिएक