दैलेख : ग्रामीण विकास सेवा केन्द्र दैलेखले एक वर्षको अवधिमा २२ वटा झोलुङ्गे तथा ट्रस पुल निर्माण गरेको छ। कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जाजरकोट कार्यक्षेत्र बनाएर काम गर्दै आएको केन्द्रले क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत तीनवटा जिल्लामा २२ वटा पुल निर्माण गरेको हो।२९ औँ वार्षिक साधारणसभा तथा ९ औँ अधिवेशनमा ग्रामीण विकास सेवा केन्द्र दैलेखले आर्थिक वर्ष २०७९।०८० का लागि कर्णालीका तीनवटा जिल्ला दैलेख, सुर्खेत र जाजरकोटमा २४ वटा झोलुङ्गे पुलको डिटेल सर्भे, डिजाइन, इष्टिमेट तयार गरी स्वी