जनकपुर । मुलुक अहिले स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सत्तारुढ पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । तर, कुन स्थानीय तहमा कसले उम्मेदवारी दिने भन्नेमा उनीहरुबीच रस्साकस्सी चलिरहेको छ ।सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेस प्रदेशका कतिपय पालिकामा स्थानीय कमिटीबाट उम्मेदवार सिफारिस गरिसकेको अवस्था छ तर केन्द्रबाट कुनै पनि दलले उम्मेदवारको निर्क्यौल गर्न सकेको अवस्था छैन ।राष्ट्रिय दलको रुपमा रहेको नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा म