अहिले बजारमा पाते ढिडोको निकै चर्चा छ । राजधानीभन्दा पनि राजधानीबाहिर पाते ढिडोको बजार चर्केको छ ।
राजमार्गमा चामलको भातको भन्दा ढिडोको राम्रो व्यापार छ । सुगर, प्रेसरका रोगी बढेका कारण पनि चामलको भातको माग घट्दै गएको हो ।
रोटी बनाउन झन्झट भएका कारण अहिले जेको पनि ढिडो पाक्न थालेको छ ।
गहुँ, मकै, फापर, कोदो जेको पनि ढिडो उपलब्ध हुन्छ अहिले । त्यसमा पनि लोकल कुखुराको मासु, खसीको मासु, फर्सीको मुन्टा या सिजनल हरियोपरियो साग, टठिलो खालको अचार, सलाद र खारेको घ्यू हुना साथ ढिडोको स्वाद सुनमा सुगन्ध भइहाल्छ ।...