काठमाडौं । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीशप्रसाद अग्रवालले ‘सुप्रबल जनसेवाश्री’ विभूषण ग्रहण गरेका छन् । शुक्रवार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले अग्रवाललाई विभूषित गर्नुभएको हो । ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रूपमा खटिँदै आएका अग्रवाललाई गरिएको सम्मानले उनको भूमिकाको सच्चा सम्मान भएको बैंकले विज्ञप्तिमार्फत बताएको छ । ‘बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनीमार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने कार्यमा अग्रवालको योगदान महत्त्वपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।