सुविधा सम्पन्न दुुई तले रातो भवन, जसको प्रवेशद्वारमा लेखिएको छ– पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश । प्रवेशद्वारको छेउमा अडिएको छ एउटा साइकल, उक्त साइकल मन्त्रालयका कार्यालय सहयोगीले चढ्ने गर्छन् । मन्त्रालय परिसरभित्र सवारी साधनका रुपमा उक्त साइकल र कर्मचारीका रुपमा कार्यालय सहयोगी बाहेक अरु केही छैन, अरु कोही पनि छैनन् ।मन्त्रालयभित्रका आर्थिक शाखा, प्रशासन शाखा, सोधपुछ कक्षमात्रै होइन, मन्त्रीको कार्यकक्षमा पनि कुर्सी रित्तै छन् । कार्यालय समयमा मन्त्रालय खोल्ने र