उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः फुटको सँघारमा पुगेको छ । यसअघि महन्थ ठाकुर पक्षले सो पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनाइसकेको छ । लोसपा बनेको सात महिना नपुग्दै पुनः जसपा विभाजनको संघारमा पुगेको छ ।सामाजिक संस्थाका रूपमा रहेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाललाई मधेस आन्दोलनसँगै ०६४ मा निर्वाचन आयोगमा दर्ता गराएर विधिवत् पार्टीका रूपमा सञ्चालन गर्न थालेपछि यादव नेतृत्वको पार्टी पटक–पटक फुट्दै आएको छ । आखिर प्रश्न उठ्छ– उपेन्द्र यादवले ने