निर्वाचन सकिएको तीन महिनाभन्दा बढी बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ण आकार लिन सकेको छैन । एउटा मुख्यमन्त्रीले सपथ लिएको एक महिना नबित्दै दोस्रो सरकार गठन भएपछि विश्वासको मत पाउने–नपाउने अनिश्चितताका कारण प्रदेशका विकास निर्माणका योजना नराम्ररी प्रभावित भएका छन् ।