डेढ घण्टा केबलकारमै अड्किए ३७ जना यात्रु

काठमाडौं, चैत १७ । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए । मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ […]

सम्बन्धित सामग्री

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् । बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज

डेढ घण्टा केबलकारमा अड्किए यात्रु

चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए ।मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ । केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुल