माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ ।  जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो । त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ । त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र प