बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाइब्रीड जातको धनको बिउको प्रयोगले नेपालमा पाइने स्थानीय जातका धान लोप हुँदै गरेको बताएका छन् । उनले बुधबार मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आयातित हाइब्रीड जातका धानको बिउको प्रयोगका कारण नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति लोप हुने अवस्थामा पुगेको बताए । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमु