एमालेले नागरिकता विधेयकमा दोहोरो चरित्र देखायो : नेता झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौँ नेपाली नागरिकता पाउनबाट वञ्जित भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले नागरिकतासम्बन्धी विधेयकमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । एमालेले अध्यादेशमार्फत ल्याएको विषय अहिलेको नागरिकतासम्बन्धी विधेयकमा पनि भएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा दोहोरो चरित्र नदेखाउन पुनको एमालेलाई सुझाव

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी दिए। केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा ०७७ मा ल्याएको अध्यादेश र […]