आपूर्ति व्यवस्था विभागले जितपुर सिमरास्थित शिवशक्ति खाद्यान्न उद्योगमा मंगलबार छापा मारी उत्पादित खाद्यान्न बिक्री गर्न रोक लगाएको छ । नजिकिँदो चाडपर्वकको बेला गुणस्तरहीन खाद्यान्न उत्पादन गरेको गुनासो आएपछि छापा मारी उद्योगमा सिल लगाइएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।