अस्पताल निर्माण गर्न जग्गा दान

मनाङ, २३ कात्तिक । ‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा. देवीजङ्ग गुरुङले जग्गा दान गरेका छन् । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उनले जग्गा दान गरेका हुन् । नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि […]

सम्बन्धित सामग्री

जनकपुरधाममा २ सय शय्याको क्यान्सर अस्पताल बन्ने

धनुषा । जनकपुरधाममा विनयतारा फाउण्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले २ सय शत्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । जनकपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका)सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए । डा. शाहले नयाँ वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने उनले बताए । ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोङ एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ । उनीहरूको नवीनतम डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ,’ डा. शाहले भने, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौं ।’ अस्पताल भवन निर्माणका लागि स्थानीय समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा. शाहले दिए । बीटीएफसीसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । हाल जनकपुरधाममा बीटीएफसीसीको २५ शøयाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आईसीयू र एनेस्थेसियोलोजी समावेश छन् । रासस

१५ करोड लागतमा १० शय्याको अस्पताल निर्माण गरिँदै

दोलखा (अस) । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जामुनेमा १५ करोडको लागतमा १० शय्याको अस्पताल निर्माण गरिने भएको छ । संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । वडा नम्बर ४ को मालु, जामुनेमा अस्पताल निर्माणका लागि केन्द्र सरकारबाट टेन्डर स्वीकृत भइसकेको र अब चाँडै निर्माण थालनी गरिने तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । अस्पताल निर्माणका लागि वडा नं ४ का स्थानीय बासिन्दाले ९ रोपनी जग्गा दान दिएको जानकारी उनले दिए । वडा नं ४ का स्थानीय परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री, थीर कुमारी पोखरेल र जनार्दन पोखरेलले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेको वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । पालिकाको स्रोतसाधनले भ्याएसम्म नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा पुर्‍याइरहेको तामाकोशी गाउँपालिकामा अस्पताल सञ्चालन भएपछि थप सहज हुने गाउँपालिकाका अध्यक्ष पोखरेलको विश्वास छ । सात वडा रहेको गाउँपालिकामा अहिले आठओटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । सातओटै वडामा स्वास्थ्य चौकीले सेवा दिइरहेका छन् । यसैगरी स्वास्थ्य चौकीबाट अपायक स्थानमा रहेका स्थानीयका लागि विभिन्न पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइको व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ । साथै गाउँपालिकाभित्र एक नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा रहेको अध्यक्ष पोखरेलले बताए ।

कार्यालय सहयोगीको भरमा अस्पताल

तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ ।

जसले गाउँमा अस्पताल बनाउन २ करोड बराबरको जग्गा दान गरे

दाङ तुलसीपुरका एक जना युवाले गाउँमा अस्पताल निर्माण गर्न सहयोग पुगोस् भनेर दुई करोड बराबरको निजी जग्गा दान गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा निवासी ३० वर्षीय अभिषेक शाहले गाउँमा अस्पताल निर्माण गर्न सहयोग पुगोस् भनेर आफ्नो १३ कठ्ठा जग्गा स्थानीय सरकारको नाममा पास गरिदिएका हुन्। अष्ट्रेलियामा टुरिजम र हस्पिटालिटीको अध्ययनपछि हाल गृह…