विराटनगरको कोभिड–१९ उपचार केन्द्र दुई सातामै भरियो

विराटनगर । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र संक्रमितले भरिभराउ भएको छ । दुई साताको अवधिमै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो ।अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ शैय्या मात्र भेण्टिलेटरसहितको रहेकाले नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको केन्द्रका निमित्त निर्देशक डा. एपोलो भगतले बताए ।अस्पतालमा चैत २५ गते यतामात्र ३२ जना गम्भीर खालका कोरोना संक्रमित भर्ना भएका छन् । ती सबै अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्थामा छन् ।&