कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।कम्पनीले  आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई गरि  १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  ।

सम्बन्धित सामग्री

सान्जेन जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक चयन

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले सेयर निष्काशनको लागि हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरेको छ । सम्झौतामा हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।कम्पनीले ७९ लाख ४३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।  त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं, जेठ २४ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज मंगलबारदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । आईपिओमा आवेदन […]

समता घरेलु लघुवित्तले एफपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा आरविवि मर्चेन्ट

समता घरेलु लघुवित्तले एफपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक चयन गरेको हो ।सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।कम्पनीले २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । समता लघुवित्तले आइपिओ निष्काशन नगरेको घरेलु लघुवित्तलाई गाभे पश्चात कम्पनीको संस्थापक: सर्वसाधारण शेयर संरचना ७०ः३० कायम गर्न एफपिओ निष्काशन गर्न लागिएको हो।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न चयन गर्यो बिक्रि प्रबन्धक

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा महालक्ष्मी लाइफको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले  हस्ताक्षर गरेका छन्।कम्पनीले जारी पुँजी २ अर्बको  ३० प्रतिशतले हुन आउने रकम  साठि करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारण (कर्मचारी समेतलाई) जारी गर्न लागेको हो । मिति २०७५÷१०÷१ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. ले ६३ वटा शाखा तथा उपशाखा मार्फत १३ वटा बीमा योजनाहरु बिक्रि वितरणका लागि सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले कारोबार सञ्चालनको ३ वर्षको छोटो अवधिमै रु ३०१ करोडको बीमाशुल्क संकलन गर्न सफल भैसकेको छ ।

ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

ट्रेड टावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बिक्रि प्रबन्धक चयन समबन्धि सम्झौतामा ट्रेड टावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शिवहरी दंगाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिअव सापकोटाले हस्ताक्षर गरेका छन् । कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । २०६७ सालमा स्थापना भएको यस कम्पनीले होटेल, आतिथ्य सेवा, आवास र बित्त, निर्माण तथा अन्य लगानीको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले थापाथलीमा ट्रेड टावर र भैसेपाटीमा जनता आवास निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले गौशालामा अर्को ट्रेड टावर निर्माण गरिरहेको छ , जुन अबको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भगवती हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ऐपिओ निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धाथ क्यापिटलको तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो।

खप्तड लघुवित्तले आईपिओ निष्काशन गर्ने, प्रभु क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणको शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा  खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।  खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ ।

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

ईङवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बिक्रि प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।ईङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय थापाथलीमा आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।