गुल्मी । गुल्मीमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका–२, खोलाखर्कमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार सोही ठाउँका ४६ वर्षीय बलबहादुर खत्रीले मादक पदार्थ सेवन गरी लिलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल […]
चितवन । करिब १३६ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको मकवानपुर भीमफेदी गाउँपालिका–४ पान्द्राङ बस्ने २७ वर्षीय रन्जित सुनार रहेका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्रामसहित सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले […]
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री गुरुङले जयशंकरसँग बुधबार भेटवार्ता गरेका हुन् । भेटमा भारत र नेपालबीच क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् पूर्व तयारी र प्रतिकार्यमा […]
काठमाडौँ, २८ असोज । प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । साथै वेल्सको ब्रेकनस्थित इन्फ्याटरी ब्याटल स्कुलको भ्रमणको […]