काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको छ । आइतवार (हिजाे) पनि नेप्से झन्डै ३६ अङ्कले घटेकाे थियाे ।
साेमवार बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले, विकास बैंकको ५६ अङ्कले, व्यापार समूहको एक सय सात, होटल तथा पर्यटनको दुई सय ४०, जीवन बीमा समूहको शेयर एक सय २९ अङ्कले निर्जीवन बीमा समूहको दुई सय ३९ अङ्कले, उत्पादनको ४१, अन्यको २६, माइक्रोफाइनान्स समूहको शेयर ६२ अङ्कले घटेको छ । जलविद्युत र फाइनान्स समूहको शेयर भने स...