बाघको आक्रमणबाट एकको मृत्यु

नेपालगञ्ज – बाँकेमा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएको छ। बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका- ६ गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो। वडाध्यक्ष जनकबहादुर थारुका अनुसार ढलहियाको जंगलमा चलाउनेलाई बाघले आक्रमण गरेको थियाे। बाघको आक्रमणमा परेका चलाउनेको शव फेला परेको थियाे। राप्तीसोनारी गाउँपालिका- ६ मा यसअघि पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। […]

सम्बन्धित सामग्री

बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।