काठमाडौं । साउथ सुपरस्टार धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने निर्णय लिएका छन् । अभिनेताले सोमबार ट्विटरमार्फत आफूहरूले सम्बन्धविच्छेदको निर्णय लिएको घोषणा गरेका हुन् ।
साउथकै सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्या र धनुषको सन् २००४ नोभेम्बर १८ मा विवाह भएको थियो । उनीहरूका दुई छोरा...