काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाडौँमा जारी राखेको आन्दोलन तथा प्रदर्शनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमनलगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न माग राखेर भइरहेको आन्दोलनको आयोगले स्थलगत अनुगमन गरिरहेको आयोगले जनाएको […]