सिरहामा पर्खालको विवादमा इँटा हानाहान हुँदा १ जनाको मृत्यु

सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको छ । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय  ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्‍म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसप...