लमजुङ अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

गण्डकी प्रदेश सरकारको साउन १६ मा बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल लमजुङको व्यवस्थापन गरिरहेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँगको ५ वर्षे सम्झौता खारेज गर्‍यो । ३ महिनाभित्र अस्पताल हस्तान्तरण गर्न निर्देशन नै दियो ।

सम्बन्धित सामग्री

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित,रोजगारीको ग्यारेन्टी गर्न माग

लमजुङ । रोजगारीको ग्यारेन्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालो पट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । सङ्घर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र […]

कोरोना जोखिम भत्ता नपाएका कलैयाका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । आकस्मिक, प्रसूति र ओपीडी सेवाबाहेकका अस्पतालका अरु स्वास्थ्य सेवा ठप्प पारेर उनीहरु पाँच दिनदेखि अस्पताल परिसरमा विभिन्न मागसहित धर्ना बसिरहेका छन् ।