सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित भारतीय एक नागरिकलाई बुधबार राति विराटनगरबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट विराटनगरबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेलको साथबाट एउटा कटुवा पेस्तोल‚ लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा च