स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएकाे छ: उपप्रधानमन्त्री खड्का

ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानवअधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका- ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए।