को हुन् स्वस्थानी?

सनातन धर्मावलम्बी नेपालीको घरमा शुक्रबारदेखि श्रीस्वस्थानी व्रत चलिरहेको छ। पूजा गर्ने व्रत लिने र कथा सुन्ने गरिए पनि श्रीस्वस्थानी देवी भनेको को हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ। महिनाभर पढिने ३१ अध्यायको स्वस्थानी व्रतकथामा समेत देवीको उत्पत्तिबारे खुलाइएको छैन। कथाको एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवी को हुन् भन्ने नै खुल्दैन।बाबु दक्षप्रजापतिले गरेको पतिनिन्दाले आहत भएकी सतीदेवी यज्ञकुण्डमा हाम फाल्छिन्। उनको मृत शरीरबाट एक–एक अंग पतन हुँदा एक–एक पीठ बन्छ। प्रत्येक पीठ