बागमती प्रदेशसभाको बैठक विगत २ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ यता बस्न सकेको छैन ।प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसे पनि सदन बस्नेबारे अझै आशंका कायम नै छ । फागुन १६ गतेका लागि प्रदेशसभा बैठक बोलाइए पनि सो बैठक बस्नेबारे अन्यौल कायमै छ । प्रतिपक्षी एमाले अब निर्वाचनसम्म सदन सञ्चालन हुन नदिने पक्षमा देखिन्छ भने सरकार पक्षले पनि सदन सञ्चालनका लागि खासै चासो देखाएको अवस्