खाद्य कम्पनीको वीरेन्द्रनगर गाेदाममा रहेकाे बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

सुर्खेत – वीरेन्द्रनगरमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा त्याे चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।    काठमाण्डाै थापाथलीमा रहेकाे कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्री...