आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’ भन्ने नाराकासाथ दिवस नेपालसहित विश्वका दुई सयभन्दा धेरै देशमा मनाउन लागिएको हो। यसवर्ष धरहरामा निलो बत्ती बालेर बहिरा समुदायको पहिचान, समानता, विकास तथा मान्यताको सन्देश प्रवाह गर्दै दिवस मनाउन लागेको राष्ट्रिय बहिरा महासङ्घ नेपालले जनाएको छ। संयुक्त राष्ट्र सङ्घको सन् २०१७ डिसेम्बरको २१औँ महासभाले बहिरा नागरिकहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी ह...