सय किलो सुन प्रकरण : भन्सार जाँचपासमा संलग्नलाई निलम्बनको तयारी

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई एक सय किलो सुन बाहिर गएको विषयमा भन्सार विभागले छानबिन थालेको छ । विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ । निलम्बनबारे निर्णय लिन अहिले बैठक जारी छ । उहाँले भन्नुभयो, ‘‘केहीबेरमा यसको निर्णय हुन्छ । अहिले हामी …