वाणिज्य बैंकहरुले माघका लागि पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएपछि बैंकहरुले माघमा पनि पुसकै ब्याजदरलाई लागू गर्नेगरी सूचना प्रकाशन गर्ने भएका हुन् । यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले औपचारिक निर्णय नै गरेको स्रोतले बताएको छ । बैंकहरुले गत मंसिरयता निक्षेपको ब्याजदर बढाएका छैनन् ।