विकट हिमाली जिल्ला मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि स्याउ लगाउने किसानको संख्या बढ्दै गएको छ । स्याउ खेती गर्ने होडबाजी भएपछि यस वर्ष मुगुमा मात्र २० लाख रूपैयाँभन्दा बढीका स्याउका बिरुवा बिक्री भएको छ ।
जिल्लाका सरकारी कार्यालय, स्थानीय सरकार, विभिन्न संघसंस्थाले मुगुका स्थानीयलाई स्याउ खेतीबाट समृद्ध बनाउने उद्देश्यले हरेक वर्ष अनुदानमा विरुवा वितरण गर्दै आएका छन् ।