काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ । प्रहरी स्रोतका अनुसार रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार नै त्यस तर्फ लगिएको हो । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । […]