वायु सेवा निगममा कर्मचारीले लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खोल्यो

काठमाण्डाै – नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएकाे तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर बिस्तारै निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका थिए । ताला खुलाउने क्रममा कर्मचारी  र प्रहरीबीच झडप भएको थियो । झडपमा केही कर्मचारी सामान्य घाइते भएका छन् । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पारिएको एक कर्मचारीले जानकारी दिएका छन् । कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्...