सेनाको निगरानीमा रहेको आइसोलेसनमा संक्रमितलाई जाँच्न पठाउँछन् स्विपर, बेथिति बाहिर ल्याउनेलाई ज्यानमार्ने धम्की

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित रहेको आइसोलेसन सेन्टरमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको एक भिडियो बाहिर आएको छ। 'एसियाकै सर्वोत्कृष्ट आइसोलेसन' भनी प्रदेश सरकारले प्रचारबाजी गर्दै आएकोमा आइसोलेसनमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको भिडियो बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ। प्रदेश दुई सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको