बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले भूमिआयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिएका छन् । उनले भूमिहीन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका हुन्। राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखीकरण गोष्ठीमा मन्त्री खाँणले प्रकृया पूरा गरेर जतिसक्दो चाँडो भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका […]