सांगीतिक जोडी माण्डवी र विपिनको प्रेम कहानी : स्टुडियोमा प्रेम, डेटिङमा एक कप चिया

गायिका माण्डवी त्रिपाठी र संगीतकार विपिन आचार्य  सांगीतिक क्षेत्रका लागि एक उदाहरणीय जोडी हुन् । ‘प्रेम दिवस’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा रातोपाटीले माण्डवी र विपिनलाई प्रेम कहानी सुनाउन आग्रह गर्दा सहर्ष स्वीकारे । प्रेमलाई २०६७ सालमा विवाहमा परिणत गरेका यो जोडीले विवाह गरेको पनि एक दशक नाघिसक्यो । समयसँगै दुबैको प्रेम झन् झाँगिँदो छ । दुवैले एकै स्वरमा भने, ‘हामी दिन प्रतिदिन झन् झन् गहिरो प्रेममा डुब्दैछौ ।’ गीत संगीतको सिलसिलामा एकअर्कासँग नजिकिएका उनीह