कालीगण्डकी उत्खनन रोक्न गाउँपालिकाको कडाइ,  किनारमा राखिएका मेशिन हटाउन निर्देशन

पर्वत : पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारको आसपासमा राखिएका उत्खननमा प्रयोग हुने मेसिन तथा औजार हटाउन निर्देशन दिएको छ।गाउँपालिकाभित्र नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न कालीगण्डकी नदीनजिक राखिएका मेसिनरी औजारहरू एक्स्काभेटर, जेसिबी, ट्रिपर, ट्र्याक्टरलगायत उपकरण सूचना प्रकाशन गरेको ३ दिनभित्र नदी आसपासबाट हटाउन निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए।‘ढुङ्गा, गिटी, बालुवा उत्खनन, संकलन, क्रसिङ, बिक्री,

सम्बन्धित सामग्री

कालीगण्डकी दोहन रोक्न समन्वय समितिको निर्देशन

पर्वत जिल्ला समन्वय समिति कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन कार्य तीन दिनभित्र रोक्न र त्यहाँ रहेका मेसिन औजार हटाउन निर्देशन जारी गरेको छ। सो समितिले नदीमा वर्षाको समयमा हुने दोहन रोक्नका लागि कालीगण्डकी नदीवरपर रहेका मेसिनरी औजार तीन दिनभित्र हटाउन निर्देशन दिएको हो। समितिले अनुमगन निरीक्षणक्रममा नदीकिनारमा मेसिन औजार नभेटिए पनि बालुवाको घाटगद्दी गरिएको पाइएको हुँदा मालढुङ्गा–बेनी सडकवरपर राखिएका साधन तत्काल हटाउन निर्देशन दिएको हो। वर्षात् सुरु भएसँगै नदीका अधिकांश ठाउँमा जबरजस्ती बालुवा निकालिँदै आएको छ।