आइपीएल खेल्ने अस्ट्रेलियन खेलाडी बल्ल स्वदेश फर्किए

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीहरु आज स्वदेश फर्किएका छन्। खेलाडी तथा अफिसियलहरुको ३८ सदस्सीय टिम आईपीएल स्थगित भएको दुई सातापछि सिड्नी पुगेका हुन्। उनीहरु माल्दिभ्समा १० दिन बसेर अस्ट्रेलिया फर्किएका हुन्। खेलाडीमा कोभिड-१९ संक्रमित भएपछि आईपीएल बीचमै स्थगित भएको थियो। भारतमा कोभिड-१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्ट्रेलियाले भारतबाट स्वदेश फर्किन प्रतिबन्ध लगाएको थियो। तथापी अहिले खुला भइसकेको छ।